पर्साको नापी कार्यालयबाट एक लाख घुससहित दुई जना पक्राउ

 पर्साको नापी कार्यालयबाट एक लाख घुससहित दुई जना पक्राउ

सेवाग्राहीसँग एक लाख रूपैयाँ घुस लिएको अरोपमा नापी कार्यालय पर्साका दुई जना कर्मचारी पक्राउ परेका छन्।

वीरगन्ज–३ स्थित नापी कार्यालयका सर्भेक्षक(अमिन) प्रमोद राउत कुर्मी र कार्यालय सहयोगी अरूण प्रसाद उपाध्यायलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।

उनका अनुसार काठमाडौंको टंगालस्थित अख्तियारको केन्द्रिय कार्यालयबाट खटिएको टोलीले मंगलबार स्टिङ अप्रेसनका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रवक्ता पौडेलका अनुसार छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई १ लाख रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना अख्तियारलाई पाएको थियो।

आयोगबाट खटिको टोलीले निज सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरूण प्रसाद उपाध्यायलाई सेवाग्राहीबाट एक लाख रूपैयाँ लिइसकेको अवस्थामा रकम सहित पक्राउ गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *