भोजपुरमा प्रहरीद्वारा ९५ हजारभन्दा बढी गाँजा बोट फडानी

 भोजपुरमा प्रहरीद्वारा ९५ हजारभन्दा बढी गाँजा बोट फडानी

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को श्रावण महिनादेखि मंसिर १४ गतेसम्म जिल्लाका विभिन्न स्थानहरूमा सञ्चालन गरिएको अवैध लागू औषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणमा गाँजाका बोटहरू नष्ट गरेको जनाएको छ।

विशेषगरी आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका विभिन्न वडा तथा इलाकाहरूमा जिल्ला प्रहरी कार्यालय भोजपुर तथा मातहतका इलाका प्रहरी कार्यालय—घोडेटारलगायतबाट खटिएका प्रहरी टोलीहरूले अवैध रूपमा उखेलेर फालिएको ९५,४०५ (पन्चनब्बे हजार चार सय पाँच) थान गाँजाका बोट र बिरुवा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी राजु लामाले अवैध लागुऔषध खेती नियन्त्रणमा प्रहरीको गस्ती, समन्वय तथा सामुदायिक सूचनाको महत्वपूर्ण सहभागिता रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार स्थानीय तहसँगको सहकार्यमा अभियानलाई अझ प्रभावकारी बनाइएको छ।

लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार

  • २५ बोटसम्म गाँजाको खेती गरेमा ३ महिनासम्म कैद३ हजार रुपैयाँसम्म जरिवाना को व्यवस्था छ।

  • २५ बोटभन्दा धेरै खेती गरेमा ३ वर्षसम्म कैद वा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ।

प्रहरीले अवैध लागुऔषध खेती तथा कारोबारमा संलग्नविरुद्ध कडा निगरानी र धरपकड अभियान निरन्तर जारी राखेको जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *