कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। केन्द्रीय कार्यसमितिको तीन पटक सरेको बैठक आज बस्न लागेको हो । मंसिर ६ गते निर्वाचनबारे निर्णय गरे पनि महाधिवेशनको विवाद टुंग्याउन नसकेको बैठक आज दिउँसो २ बजे बस्न लागेको छ।
स्रोतका अनुसार बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल हुने जनाएको छ। सहमति जुट्न नसकेपछि आइतबार नै सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्दै निर्वाचनअघि नै महाधिवेशन गर्नेगरि पुस २६ गतेको मिति दिएका थिए।
कांग्रेसमा विशेष महाधिवेशनको माग फिर्ता भए कार्यतालिका स्वीकार्न सकिने मध्यमार्गी प्रस्तावसँगै सभापति देउवाले पनि निर्वाचनअघि महाधिवेशनका लागि सकारात्मक बनेपछि आजको बैठकमा अर्को कार्यतालिकामा सहमति हुनसक्ने देखिएको छ।
