कांग्रेसले पुस २६ देखि काठमाडौंमा महाधिवेशन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने भएको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने गरी सर्वसम्मत निर्णय गरेको हो ।
प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गर्ने निर्णय भएको जनाएका छन ।
