केपी ओली अध्यक्ष पदबाट हट्नु हुँदैनः पृथ्वीसुब्बा गुरुङ
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरुको ऐजेन्डा पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउन नहुने बताएका छन।
गुरुङले सोमबार पत्रकार सम्मेलनमा ११औँ महाधिवेशनबाट पनि ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने जनाएका छन् । उनले जनताको बहुदलीय जनवादको उत्तराधिकारी ओली भएकाले उनी नै अध्यक्ष बन्नुपर्ने बताएका हुन । सडकमा उठेका कुराका आधारमा अध्यक्ष फेर्दै जाने हो भने स्वायत्तता सकिने गुरुङले बताए ।
ओलीको आचरण व्यवहारामा धेरैको विमति भए पनि राष्ट्रवादी नेतामा विमति नहुने उनको तर्क छ ।
