काठमाडौँ महानगरका मेयर बालेन शाहलाई पितृशोक

काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को बुबा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार सिभिल अस्पतालमा निधन भएको हो ।

मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए । लगत्तै उनलाई सिभिल अस्पताल लगिएको थियो ।

शाहको शरीरमा रगत समेत जाम भएको थियो । उनलाई त्यसपछि भेन्टिलेटरमा राखिएको थियो ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *