राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको समीक्षा सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेकाे छ । आर्थिक वर्षको पहिलो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्ने व्यवस्था अनुसार केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गरेकाे हो ।
नेपाल राष्ट्र बैंकले नीतिगत दर र स्थायी तरलता सुविधा घटाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरलाई ४.२५ प्रतिशतमा झारेको छ ।
यसअघि यो ४.५० प्रतिशत थियो । त्यसैगरी स्थायी तरलता सुविधा भने ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ ।
