सुनको मूल्य आज १४ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको जनाएको छ ।
अघिल्लो दिन भने प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदी अघिल्लो दिन ३ हजार ४९० रुपैयाँमा किनबेच भएको आज प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेको हो ।
