महाधिवेशनको मिति सार्ने षडयन्त्र नगर्न कांग्रेस नेताहरूको चेतावनी
काठमाडौँ । कांग्रेसका विशेष महाधिवेशनका पक्षधर नेताहरूले पुस २६ का लागि तोकिएको महाधिवेशन तालिका सार्ने कुनै प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन्।
काठमाडौंमा आयोजित अन्तरक्रियामा उनीहरूले केन्द्रीय समितिले पारित गरेको कार्यक्रम हेरफेर भए विशेष महाधिवेशन अपरिहार्य बन्ने बताएका छन्।
नेता गुरुराज घिमिरेले नियमित महाधिवेशन ढिल्याउने ‘खेल’ नखेल्न आग्रह गर्दै तालिका अनुशरण नै समाधान हुने जनाएका छन् ।
