कोष व्यवस्थापन कम्पनीको ९औँ वार्षिक साधारण सभा सम्पन्न

 कोष व्यवस्थापन कम्पनीको ९औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । कोष व्यवस्थापन कम्पनी लिमिटेडको शनिवार (आज) ९औँ  वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले कम्पनीका अध्यक्ष सुशिल हुमागाईबाट पेश भएको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन तथा उक्त अवधिको वित्तीय विवरण पारित गरेको छ । साथै सभाले व्यवसाय विस्तारका लागि शेयरपूँजी वृद्धि सम्बन्धी प्रस्ताव पनि अनुमोदित गरेको छ ।

त्यसैगरी, सभाले कम्पनीको सञ्चालक समिति पुर्नगठन गरी दिल बस्नेतलाई नयाँ सञ्चालकमा निर्विरोध चयन गरेको छ । सभाको प्रमुख अतिथिमा कृषि विकास बैँकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ रहेका थिए । अधिकृत गुरुङले कोष व्यवस्थापन कम्पनीको प्रगति र पारदर्शिताको प्रशंसा गर्दै सकारात्मक धाराणा व्यक्त गरेका थिए।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *