सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पोषकराज पौडेल पुनः नियुक्त
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पोषकराज पौडेल पुनः नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिले पौडेललाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
पौडेलको तेस्रो कार्यकाल पुस ३० देखि लागू हुने कम्पनीले जनाएको छ ।
पौडेलको दोस्रो कार्यकाल पुस मसान्तबाट सकिँदैछ । उनी सिटिजन लाइफको सीईओमा २०७४ माघमा नियुक्त भएका हुन् । पौडेल नेपाली बिमा क्षेत्रमा स्वच्छ छवि भएका सीईओ मानिन्छन् ।
पौडेलसँग बिमा तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो समय काम गरेको अनुभव छ । पौडेलले सिटिजन लाइफलाई आगामी दिनमा उच्च प्रतिफल दिँदै बीमितलाई उच्च बोनसदर प्रदान गर्न नतिजामूखि भूमिका खेल्ने विश्वास गरिएको छ ।
