नबिल बैंकद्वारा १२.५ प्रतिशत नगद लाभांश घोषणा

 नबिल बैंकद्वारा १२.५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । नबिल बैंकले १२.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले लगानीकर्तालाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्तापुँजीको १२.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्रस्तावित दरमा लाभांश पाउनेछन् । हाल बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ छ ।

नबिल बैंकले आव २०८०/८१ मा १० तथा ७९/८० मा ११ प्रतिशत लाभांश बाँडेको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *