मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा शपथ ग्रहण
काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आइतबार शपथ ग्रहण गराएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् ।
काँग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
