दोहोरो अंकले घट्यो नेप्से परिसूचक

 दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २१.४८ अंकले घटेर २ हजार ६०९.६९ विन्दुमा बन्द भएको हो।

आज १ करोड ७ लाख १८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

त्यस्तै, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार सागर डिष्टिनरीको भएको छ । कम्पनीको मात्र ४३ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *