सर्वोच्चको आदेशपछि हेटौंडा सडक विस्तार स्थगित

 सर्वोच्चको आदेशपछि हेटौंडा सडक विस्तार स्थगित

काठमाडौं । सर्वोच्च अदालतले आदेश दिएपछि हेटौंडा सडक डिभिजनले नगरभित्रको मुख्य सडक विस्तार प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। मंसिर १९ गते सर्वोच्च अदालतबाट जारी उत्प्रेषण आदेश मंसिर २१ गते डिभिजनले प्राप्त गरेपछि सडक सीमा संरक्षण कार्यक्रम–अन्तर्गतको विस्तारीकरण स्थगित गरिएको हो।

डिभिजनले शनिवार मात्रै महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म सडक सीमा २५–२५ गज ९७५–७५ फिट० कायम गर्ने भन्दै करिब ५ सय संरचना भत्काएको थियो। भत्काइएका घर–टहरा खाली गर्न दुई दिनको समय दिइएको थियो।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *