बढ्यो सुनको भाउ, चाँदीमा सामान्य गिरावट

 बढ्यो सुनको भाउ, चाँदीमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य तोलामा सात सय रुपैयाले बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला ३ हजार ५८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *