नेपाल बीमा प्राधिकरणका कर्मचारीले व्यवस्थापन पक्षलाई दियो ७ दिने अल्टिमेटम
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कर्मचारीले सातबुँदे माग सम्बोधन नभएको भन्दै आगामी आइतबारदेखि चरणबद्ध हड्ताल सुरु गर्ने भएका छन्।
नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र संगठनले मंसिर २१ गते (आइतबार) सातदिने अल्टिमेटम जारी गर्दै हड्तालको चेतावनी दिएका हुन्।
दुवै संगठनका तर्फबाट संयुक्त रुपमा अघि सारिएको चारबुँदे माग सम्बोधनका लागि दिएको २१ दिने अवधिमा प्राधिकरण व्यवस्थापनले वार्ताको पहल नगरेपछि अन्तिम चेतावनी दिइएको संगठनका अध्यक्षले जनाएका छन। कर्मचारीको वृत्ति विकास क्षमता विकास नयाँ अवसरको सिर्जना पदपूर्तिद्वारा बढुवा, सरुवा, तालिम, सेवा–सुविधालगायतका विषयमा कर्मचारीले गत मंसिर १ गते र मंसिर १२ गते लिखित माग पेस गरेका थिए।
युनियनको माग सम्बन्धमा २१ दिनसम्म पनि व्यवस्थापन पक्षबाट कुनै पहल नभएपछि हुँदा सातदिने अल्टिमेटम जारी गर्दै मंसिर २८ गतेदेखि क्रमबद्ध रुपमा हड्ताल सुरुगर्ने चेतावनी दिएको हो।
