प्रतिनिधिसभा चुनाव: ११४ दल दर्ता, १०७ चुनाव चिह्न
Photo:Rajan Kafle
काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई चुनाव चिह्न प्रदान गरेको छ। ।
१ सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन दिएकामध्ये १ सय २ वटालाई एक्ला एक्लै र १२ वटालाई संयुक्त रूपमा प्रतिस्पर्धामा जाने गरी चुनाव चिह्न दिइएको आयोगले जनाएको छ ।
आयोगक अनुसार १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी चुनावमा भाग लिनेछन् । यस आधारमा कूल १ सय ७ वटा चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।
चुनावका लागि १ सय २० निवेदन परेकोमा १३ वटा खारेज भएको छ । आयोगले प्रदान गरेका चुनाव चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् ।
