एनसेलको शेयरसम्बन्धी विवाद चाडो समाधान गर्नुपर्छः सञ्चारमन्त्री खरेल

 एनसेलको शेयरसम्बन्धी विवाद चाडो समाधान गर्नुपर्छः  सञ्चारमन्त्री खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान गर्नुपर्ने बताएका छन । नक्खुस्थित एनसेल कार्यालयको सोमबार अवलोकनका क्रममा मन्त्री खरेलले एनसेलको शेयरसम्बन्धी विवाद, भुक्तानी दायित्वलगायत सबै विवाद चाडो समाधान गरिनुपर्नेमा जोड दिएका छन ।
सञ्चारमन्त्री खरेलले भने,“राज्य र नागरिकको नजरमा एनसेलको विजनेस सम्मानीत हुनुपर्यो, जतिपनि विवाद छन् तीनको समाधान गरेर क्लिन विजनेश र सर्भिस दिनेतर्फ केन्द्रित हुन आग्रह गर्दछु । क्लिन विजनेशका लागि सरकारको साथ सहयोग रहन्छ ।”
सञ्चारमन्त्री खरेलले एनसेलको क्षतिको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने विश्वास व्यक्त गरेका छन। मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताएका छन। “केही नीतिगत समस्या छन्, केही विवादहरु पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनुपर्छ भन्नेमा सरकार विश्वस्त छ” ।
सञ्चारमन्त्री खरेलले एनसेलको कार्यालय, डेटा सेन्टलको अवलोकन गरेका हनु । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराएको थियो ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि एनसेलले नक्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । एनसेलका अनुसार करिब रु ६५ करोड बराबरको क्षति भएको थियो ।
अवलोकनपछि मन्त्री खरेलले आफूले एनसेलमा भएको क्षतिबारे जानकारी लिन आएको बताएका छन। उनले एनसेलले जेनजीलाई लक्षित गरी ‘प्याक’ ल्याउन लागेको सुन्दा खुसी लागेको पनि उल्लेख गरेका छन।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *