देशभरको मौसम सफा रहने पूर्वानुमान
काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
विभागले राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ ।
