जाडोमा छालामा हुने समस्या र बच्ने उपाय

 जाडोमा छालामा हुने समस्या र बच्ने उपाय

काठमाडौँ । जाडोमा सुख्खा हावा बढी चल्ने भएकाले शरीरभित्रको पानी सोसिन्छ र छाला सुख्खा बन्छ। साथै, जाडोमा एसी वा हिटर धेरै चलाउने बानीले पनि छाला अझै सुख्खा हुने गर्छ। यसकै कारण ओठ, गाला, हात–खुट्टा फुट्ने समस्या बढी देखिन्छ। जाडो मौसममा छालाको प्राकृतिक तेल उत्पादन पनि घट्ने भएकाले छालाको सुरक्षात्मक तह कमजोर बन्छ। विशेषगरी हात, खुट्टा र ओठ निरन्तर चिसो हावाको सम्पर्कमा रहने भएकाले छिट्टै प्रभावित हुन्छन्।

छाला फुट्न नदिन के गर्ने ?

थोरै सावधानी र सही स्किनकेयर अपनाएमा यस समस्याबाट सजिलै बच्न सकिन्छ। मनतातो पानीले नुहाउने, मोइस्चराइजर लगाउने, प्रशस्त पानी पिउने तथा पौष्टिक भोजन गर्ने बानीले छालालाई चिसो हावाबाट जोगाउँछ र यसलाई नरम तथा स्वस्थ राख्छ।

शरीरको छाला फुट्न नदिन धेरै तातो पानी प्रयोग गर्नु हुँदैन। नुहाइसकेपछि शरीरमा नरिवलको तेल वा मोइस्चराइजर लगाउनु राम्रो हुन्छ। शरीरलाई क्रिम, तेल, पञ्जा, टोपी र मास्कले ढाक्दा छाला फुट्ने सम्भावना घट्छ।

दैनिक नुहाउने बानी भएकाहरूले हप्तामा दुई–तीन दिनमात्र साबुन वा सेम्पु प्रयोग गर्नुपर्छ। दैनिक रूपमा प्रयोग गर्दा छाला अझै सुख्खा र फुट्ने सम्भावना बढ्छ। नुहाइसकेपछि सिधै उनी ९ऊन० का बाक्ला कपडा नलगाई, पहिलो तहमा सुती कपडा लगाएर मात्र बाक्ला लगाउनु उचित हुन्छ। जाडो समयमा प्रशस्त पानी पिउनु पनि अत्यन्त आवश्यक हुन्छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *