सिन्धुलीमा तीन दिने जुनार प्रवर्द्धन मेला सुरु

 सिन्धुलीमा तीन दिने जुनार प्रवर्द्धन मेला सुरु

काठमाडौँ । जुनारको लागि प्रख्यात मानिएको सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा जुनार प्रवद्र्धन मेला आजदेखि सुरु भएको छ ।

गोलन्जोर गाउँपालिका ४ तीनकन्या स्थित माझकुभिण्डेमा हुने जुनार प्रवद्र्धन मेलासुरु भएको हो । पालिकाको आयोजनामा मंसिर २३ देखि २५ गतेसम्म संचालन हुने मेलाले सिन्धुलीको पहिचान र जुनारको विकास र विस्तारमा ठुलो टेवा पुग्ने अपेक्षा गरेको मेला संयोजकले बताएका छन ।

३ दिन सम्म चल्ने मेलामा जुनार बगैँचा अवलोकन, स्थानीय कृषि उपजहरुको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती र कृषक तथा कृषि विज्ञ बीच प्राविधिक छलफल गरिने छ । साथै, पालिका भित्र ४ सय भन्दा धेरै विरुवा लगाउने कृषक र जुनार संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन तथा जुनार प्रशोधन विविधिकरणमा विशेष योगदान पुरयाउँने व्यक्तित्वहरुलाई सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।

दैनिक ३ हजारका दरले ३ दिनमा लगभग ९ हजार जनाले मेला अवलोकन गर्नुका साथै मेला सम्पन्न गर्न करिब १६ लाख ५० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *