सुर्खेतमा साना किसान कृषि सहकारी संस्थाहरूका लागि एक दिने आम प्रशिक्षण सम्पन्न

 सुर्खेतमा साना किसान कृषि सहकारी संस्थाहरूका लागि एक दिने आम प्रशिक्षण सम्पन्न
सुर्खेत । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय वीरेन्द्रनगर–सुर्खेतको आयोजनामा मिति २०८२ मंसिर २२ गते सुर्खेतको गुमीमा रहेको महिला परिवर्तन साना किसान कृषि सहकारी संस्था लिमिटेडको तालिम हलमा एकदिने आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
प्रदेश कृषि सहकारी संघका संयोजक शेरबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड तथा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय उपाध्यक्ष खेम बहादुर पाठकले सहकारीमा सुशासन आजको अपरिहार्य आवश्यकता रहेको बताउनुभयो ।
उहाँले सहकारीले साना, ग्रामीण क्षेत्रमा बसोवास गर्ने गरिब किसानहरुको जीवनमा रुपान्तरणको अभियानमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक सुखदेव न्यौपाने, साना किसान विकास लघुवित्त वित्तीय संस्थ लि. का कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापा, शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेतका शाखा प्रबन्धक राम जनक चौधरी, अधिकृत प्रभात चौधरी, तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका कर्मचारी मानबहादुर बि.सी. लगायतले सहजीकरण गर्नुभएको थियो ।
यस प्रशिक्षणमा १६ वटा साना किसान कृषि सहकारी संस्थाबाट २ सय ६१ जना सञ्चालक, कर्मचारी, सदस्यहरुको सहभागिता रहेको थियो ।
सहभागी संचालक समिति, लेखा सुपरिवेक्षण समिति, तथा कर्मचारीहरूका लागि आयोजना गरिएको यस एकदिने प्रशिक्षणले सहकारीको सुशासन, वित्तीय व्यवस्थापन, दिगो कार्यक्रम सञ्चालन, र सदस्य पहुँच विस्तार जस्ता विषयमा महत्वपूर्ण क्षमता अभिवृद्धि गरेको आयोजकहरूले जनाएका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *