एनपीएल : सुदूरपश्चिम रोयल्स फाइनलमा

 एनपीएल : सुदूरपश्चिम रोयल्स फाइनलमा

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको (एनपीएल) फाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल एनपीएलको फाइनलमा प्रवेश गरेको हो ।

मंगलबार सम्पन्न भएको खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो ।

विराटनगरका ओपनर फाफ डू प्लेसिसले सर्वाधिक ३६ रन बनाए । उनले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । मर्चेन्ट डी लांगेले १५ रन जोडे । बसिर अहमेदको नाममा १२ रन रह्यो । विराटनगरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

आजको खेलमा जित निकालेसँगै सुदूरपश्चिम सोझै फाइनलमा प्रवेश गरेको छ । पराजित विराटनगरले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *