सर्वोच्चको आदेशपछि काममा फर्किए हितेन्द्र शाक्य

 सर्वोच्चको आदेशपछि काममा फर्किए हितेन्द्र शाक्य

काठमाडौं । सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि हितेन्द्रदेव शाक्यले बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पद सम्हालेका छन् ।

गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रूपमा सरुवा गरेको थियो ।

शाक्यलाई हटाउन ऊर्जामन्त्री घिसिङले मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गरेका थिए ।

सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय बदर गर्दै शाक्यलाई पुनः प्राधिकरणकै कार्यकारी निर्देशक पदमा पुनर्स्थापना गर्न आदेश दिएको थियो ।

सर्वोच्चले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको ठहरसमेत गरेको थियो ।

 

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *