सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति?

 सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति?

काठमाडौं । नेपाली बजारमा बुधबार (मंसिर २४) सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुन प्रतितोला दुई सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन भने दुई लाख ५१ हजार ९०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदी तोलामा डेढ सय रुपैयाँ बढेको छ ।

मंगलबार तीन हजार ६ सयमा कारोबार भएको चाँदी यस दिन तीन हजार सात सय ५० मा किनबेच भइरहेको महासंघले जनाएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *