सहकारीका सञ्चालकलाई दोहोरो पदमा नबस्न विभागको निर्देशन
काठमाडौँ । सहकारी विभागले सहकारी संघ संस्थाका सञ्चालकहरुलाई दोहोरो पदमा नबस्न निर्देशन दिएको छ । विभागले गत सोमबार सहकारी संस्था र सहकारी सञ्चालकहरुलाई एक निर्देशन जारी गर्दै दोहोरो पदमा नबस्न निर्देशन दिएको हो ।
‘सहकारी ऐन, २०७४ को दफा ४१ ९५० मा रहेको कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने ब्यबस्था र दफा ४४९१० को खण्ड (ग) मा रहेको कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन सक्ने छैन भन्ने प्रावधानका छ ।’
विभागले सोमबार जारी गरेको निर्देशनमा भनिएको छ, ‘ उक्त व्यवस्था कार्यान्वयनका लागि विभाग र सहकारी नियामक निकायहरुबाट निर्देशन तथा मापदण्ड जारी भएकोले केही व्यक्तिहरु दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भई रहेकोले निर्देशनका बाबजूत हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहनु भएका सञ्चालक सदस्यलाई यथाशीघ्र उक्त कानूनी प्रावधान कार्यान्वयन लागि सम्बन्धित सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई यो निर्देशन जारी गरिएको छ ।’
सहकारी विभागले यसअघि पनि पटक पटक सहकारी सञ्चालकहरुलाई दोहोरो पदमा नबस्न निर्देशन दिदै आएको थियो । प्रारम्भिक संस्थामा सञ्चालक समितिमा रहेकाहरु संघमा समेत पदाधिकारी बस्ने र दोहोरो पद धारणा गर्ने गलत अभ्यास सहकारीमा देखिँदै आएको छ । सहकारी विभागले २०८१ असार १९ र साउन १७ गते सहकारी सञ्चालकले दोहोरो पद धारण नगर्न निर्देशन दिएको थियो ।
