बहुविवाह कसुरमा प्रहरीका डीएसपी पक्राउ
काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र भट्टले नेपालको पूर्वपत्नीको जाहेरीका आधारमा नेपाल पक्राउ परेको जानकारी दिएका छन । बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको उनले बताए ।
नेपाललाई थुनामा राखेर नै प्रहरीले अनुसन्धान थालेको छ । नेपालको जेठी श्रीमतीबाट एउटा छोरी र कान्छीबाट दुई छोरी छन् ।
नेपाल पक्राउ परे लगत्तै निलम्बनको प्रक्रिया अघि बढेको छ ।
