नेपालका चन्द्र थापा विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा
काठमाडौँ ।आइबीए मेन्स विश्व बंक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले सेमिफाइनलमा पुगेको छ। अन्तर्राष्ट्रिय बक्सिङको सर्वाधिक प्रतिस्ठित प्रतियोगितामा नेपाली खेलाडी चन्द्र थापा सेमिफाइनलमा पुगेको हो।
५४ के.जी. तौलसमूहका चन्द्र थापा मगरले इरानी बक्सरलाई एकमत निर्णय (अनानिमस डिसिजन)का आधारमा पराजित गर्दै कांस्य पदक पक्का गरेका हुन्। यसअघि उनले इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका थिए। यो जितसँगै थापाले न्यूनतम ७५ हजार अमेरिकी डलर (१ करोड ७ लाख बढी) पुरस्कार रकम सुनिश्चित गरेका छन्।
अब सेमीफाइनलमा उनले सन् २०२१ को विश्व च्याम्पियन तथा टोकियो ओलम्पिकका कांस्य विजेता कजकिस्तानका बक्सर साकेन बिबोसिनोभसँग खेल्ने छन्। जित हाँसिल गरेको खण्डमा थापाले पुरस्कार रकम १ हजार ५० हजार ९२ करोड १४ हजार बढी० अमेरिकी डलर पुर्याउने छन्। जुन नेपाली बक्सिङ इतिहासको ऐतिहासिक उचाइका रुपमा दर्ज हुनेछ।
अर्को तर्फ ४८ के.जी. तौलसमूहका लालबहादुर उप्रेतीले पनि प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरे। उनले इथोपिया र माल्दोभाका बक्सरलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका थिए। यद्यपि, क्वाटरफाइनलमा काजाकस्तानका बक्सरसँग पराजित भएपछि उप्रेती प्रतियोगिताबाट बाहिरिए। यद्यपि, उनले १० हजार (१४ लाख २९ हजार बढी) अमेरिकी डलर पुरस्कार रकम सुरक्षित गरे।
