रवि लामिछानेको मुद्दा हेर्न नमिल्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा बिहीबारका लागि हेर्न नमिल्नेमा परेको छ। लामिछाने र उनका साझेदार गोर्खा मिडिया नेट्वर्कका तत्कालीन सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दा बिहीबारका लागि ‘हेर्न नमिल्नेमा’ परेको हो ।

उच्च अदालत तुलसीपुरको, बुटवल इजलासका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा यो मुद्दाको पेशी तोकिएको थियो ।

तर न्यायाधीश विष्टका आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारण मुद्दाको सुनुवाइ स्थगित गरिएको हो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *