रवि र छविको मुद्दा सुनुवाइका लागि आज पेसी तोकियो

 रवि र छविको मुद्दा सुनुवाइका लागि आज पेसी तोकियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ ।

उच्च अदालत बुटवलका सूचना अधिकारीले सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका रवि र छविको मुद्दा सुनुवाइको लागि आजको पेसीमा रहेको जनाएका छन ।

यसअघि दुईपटकसम्म लामिछाने पक्षका कानून व्यवसायीले निवेदन दिएपछि बहस स्थगित गरिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छवि दुवै पुर्पक्षका लागि थुनामा रहेका छन् ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *