एनपीएलको फाइनल शनिबार: लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

 एनपीएलको फाइनल शनिबार: लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनल शनिबार हुँदैछ। फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल शनिबार दिउँसो ३:३० बजे कीर्तिपुरमा सुरु हुँदैछ।

बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले हराउँदै फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो। यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई नै ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल पुगिसकेको छ।

दुई क्वालिफायरबाट हार भोगेको विराटनगरले दुवै खेलमा सय रन कटाउन सकेन। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७८ रनमा समेटिएको विराटनगर दोस्रो क्वालिफायरमा लुम्बिनीसँग ९४ रनमा समेटिएको हो। बलिङ युनिटले महत्त्वपूर्ण जिम्मेवारी पूरा गरे पनि फाइनल पुग्नबाट विराटनगर रोकिनुमा ब्याटिङ लाइनको कमजोरी प्रमुख कारण बनेको छ। प्रतियोगिताको तेस्रो बन्दै विराटनगरले यस सिजनको यात्रा सकेको हो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *