एमालेको ११ औं महाधिवेशन: १ बजेलाई सर्‍यो बन्दसत्र

 एमालेको ११ औं महाधिवेशन: १ बजेलाई सर्‍यो बन्दसत्र

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशन दोस्रो दिन बन्दसत्रको समय सरेको छ। बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो । त्यसलाई पुन: दिउँसो १ बजेका लागि सारिएको छ ।

सहभागी हुन प्रतिनिधिहरू भृकुटीमण्डपमा आउने भने क्रम सुरु भइसकेको छ। ९ बजेदेखि केन्द्रीय कमिटी बैठक बसिरहेको छ।

यसपटक एमाले महाधिवेशनमा कुनै प्रस्तावमाथि छ्लफल नहुने कार्यसूची छ। बन्द सत्रको औपचारिकतापछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने जनाएको छ।

एमालेको महासचिवमा प्रदीप ज्ञवाली र योगेश भट्टराईबीच प्रतिस्पर्धा हुने सम्भावना छ। यतिबेला दुवै पक्ष टिम बनाउन लागि परेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *