पदाधिकारीमा चुनाव नलड्ने युवराज ज्ञवालीको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले नयाँ केन्द्रीय कमिटीका निम्ति पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन ।
काठमाडौंको भृकुटीमण्डपमा आइतबार ९आज० बसेको केन्द्रीय कमिटी बैठकमा ७२ वर्षीय ज्ञवालीले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले पार्टी राजनीति भने नछाड्ने स्पष्ट पारे ।
पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ । केन्द्रीय कमिटी बैठकपश्चात् भृकुटीमण्डपमै बन्दसत्र हुने तय छ ।
