सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड

 सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ५८ हजार ८०० रुपैयाँ तोकिएको छ।

शुक्रबार सुन तोलाको २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको हो । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

आज चाँदी तोलामा ८० रुपैयाँ घटेको छ । गत शुक्रबार तीन हजार ९०५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तीन हजार ८२५ रुपैयाँ तोकिएको हो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *