एमालेको विधान संशोधन, पदाधिकारी १९, केन्द्रीय कमिटी ३०१ सदस्यीय

 एमालेको विधान संशोधन, पदाधिकारी १९, केन्द्रीय कमिटी ३०१ सदस्यीय

काठमाडौं– नेकपा एमालेको विधान संशोधन भएको छ। भदौमा तयार नयाँ विधानलाई तीन महिनामै परिमार्जन गर्दै उनले दशौं महाधिवेशनमा भएको विधान नै कायम गरेका हुन्।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको विधानमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी कायम रहने भएको छ । भृकुटीमण्डपमा भएको बैठकमा अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव निर्णयर्थ पेश गर्दा बहुमत केन्द्रीय सदस्यले पास गरेका हुन्।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताले संशोधनमा असन्तुष्टि जनाए पनि ओलीले विधान निर्णयर्थ प्रेस गर्दा अन्य सदस्यहरूले ताली बजाउँदै ईश्वर पोखरेल पक्षलाई एक्लाएका छन् ।

अहिले भृकुटीमण्डपको हलमा ईश्वर पोखरेल पक्षका नेताहरू नाराबाजी गरिरहेका छन्।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *