नेप्से परिसूचक झिनो अंकले बढ्यो

 नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार झिनो अंकले बढेको छ । ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से ६।७४ अंकले बढेको हो ।

आज नेप्सेमा भएको सेयर कारोबारमा १५५ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ९४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आजको कारोबारमा स्वस्तिक लघुवित्तको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने हिमस्टार उर्जा कम्पनीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।

सोमबार नेप्से झिनो अंकले बढेसँगै होटेल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फन्ड र अन्य बाहेक सबै समूहको उपसूचक सकारात्मक बनेको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *