सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । सुनचाँदीको मूल्य आज बढेको छ । बुधाबार आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १७० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार भने ३ हजार ८ सय ८५ रुपैयाँमा कायम भएको थियो ।
