एमाले महाधिवेशनको मतदान सकियो, २२२७ मत खस्यो

 एमाले महाधिवेशनको मतदान सकियो, २२२७ मत खस्यो

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार विद्युतीय मतदान भएकाले अब केही घण्टामै मतपरिणाम सार्वजनिक हुनेछ ।

बुधबार बिहान सुरु भएको मतदान प्रक्रिया सुस्त बनेको हो ।महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर मैदानमा छन् ।

एमालेमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यीय समितिका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *