एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
काठमाडौँ, ६ मङ्सिरः नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शनिबार काठमाडौँमा आयोजित ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ मा सम्बोधन गर्नुहुँदै एमाले अध्यक्ष कपी शर्मा ओली। तस्बिरः चन्द्रकला क्षेत्री÷रासस
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन् ।
ओलीले १ हजार ६६३ मत प्राप्त गरेका छन । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका एमालेको निर्वाचन आयोगले जानकारी गराएको छ ।
एमालेको नवौँ पदाधिवेशनबाट ओली पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए । त्यसयता उनले लगातार पार्टी नेतृत्वमा चुनाव जितेका छन् ।
