दोहोरो अंकले घट्यो सेयर बजार

 दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (पुस ३) मा सेयर बजार घटेको छ । यस दिन बजार दोहोरो अर्थात् १०.६६ अंकले बजार घटेर नेप्से परिसूचक २६१५.०३ विन्दुमा बन्द भएको छ ।

बजार घट्दा ६३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर छ ।

बजार घटे पनि एक करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

अघिल्लो कारोबारको दिन बुधबार चार अर्ब ५ करोडको सेयर किनबेच भएको थियो ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *