ललितपुरमा भारतीय इन्जिनियरको हत्या

 ललितपुरमा भारतीय इन्जिनियरको हत्या

काठमाडौँ । ललितपुरमा एक भारतीय इन्जिनियरको हत्या भएको खुलेको छ । धापाखेलमा डेढ महिनाअघि (१९ कात्तिक) मा भारतीय इन्जिनियर ४६ वर्षीय देव कुमारको हत्या भएको खुलेको हो ।

अझै  घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । हत्याको कारण पनि खुल्न सकेको छैन ।

प्रहरी अधिकारीहरू भने घटनाबारे अनुसन्धान भइरहेको बताउँदै औपचारिक रुपमा केही बोल्न चाहँदैनन् । धापाखेलमा निर्माणाधीन कोलोनीमा हत्या भएको हो । उनी चौधरी ग्रुपले ‍बनाउँदै गरेको उक्त कोलोनीको डिजाइनका लागि नेपाल आएका थिए । उनको हत्या दर्दनाक तरिकाले भएको अनुसन्धान अधिकारीहरू बताउँछन् ।

निर्माणधीन कोलोनीको बाथरुममा उनको हत्या भएको हो । हातखुट्टा बाँधेको र मुख समेत कपडाले बाँधेको अवस्थामा शव भेटिएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *