नोबेल मेडिकल कलेजको भवनबाट खस्दा चिकित्सकको मृत्यु

 नोबेल मेडिकल कलेजको भवनबाट खस्दा चिकित्सकको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पतालका व्यवस्थापकका अनुसार टाउँकोमा गम्भीर चोट लागेका यादवको अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

सप्तरीको राजविराज नगरपालिका– ९ घर भएका यादव अस्पताल गेट तर्फको भवनको पाँचौ तलाबाट खसेका हुन् । उनी कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् । मोरङ प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *