सामान्य घट्यो सुनको मूल्य, चाँदीको मूल्य उच्च

 सामान्य घट्यो सुनको मूल्य, चाँदीको मूल्य उच्च

काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ ।

अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५ रुपैयाँ थियो ।

आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *