एलआईसी नेपालद्वारा नगद लाभांश घोषणा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पारेशन (नेपाल) लिमिटेड (एलआईसी) को आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ।
बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण बमोजिम वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।
