कलश स्टक मार्केट (ब्रोकर नं ७४) को शेयर शिक्षा कार्यक्रम सम्पन्न

 कलश स्टक मार्केट (ब्रोकर नं ७४) को शेयर शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौ—१०, बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले शेयर बजारमा आवद्ध लगानीकर्ताहरुको लागि २०८२ पौष ५ गते निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका श्रोत ब्यक्ति शेयर बजार विश्लेषक अजित खनालले सहभागीहरुलाई शेयर बजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पार्नु भयो ।

काठमाडौको बुद्धनगरमा रहेको क्वालिटि ब्याङ्केटमा सञ्चालन भएको उक्त तालिममा उल्लेख लगानिकर्ताहरुको सहभागिता रहेको थियो ।

यस कम्पनीले समय–समयमा देशको विभिन्न स्थानहरुमा र अनलाईनबाट संसारभर रहेका लगानिकर्ताहरुलाई लक्षित गरी वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र निकट भविष्यमा समेत गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताउनु भयो ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *