सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुँदैछ कारोबार
काठमाडौं । सुनको मूल्य लगातार बढेको छ । मंगलबार (आज) प्रतितोला ५५ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ६७ हजार २०० रुपैयाँ पुगेको हो ।
सोमबार २ लाख ६१ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार चार हजार २३५ रहेको प्रतितोला चाँदी २० रुपैयाँ बढेर चार हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
