समानुपातिक निर्वाचन: पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने
Photo:Rajan Kafle
काठमाडौं : फागुन २१ गते हुने निर्वाचनका लागि आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ ।
दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर बन्द सूची पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुने राजनीतिक दलहरूका लागि कार्यतालिका बनाइसकेको छ। सोही कार्यतालिका अनुसार बन्द सूची पेस गर्ने दिन तोकिएको आयोगले बताएको छ ।
यस्तै, समानुपातिकतर्फ दर्ता राजनीतिक दलहरूलाई आज ९पुस ८ गते० देखि उम्मेदवार छनोटका विषयमा प्रशिक्षण दिने भएको छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार सिफारिस गर्दा कुन जाति वा समुदायको कति प्रतिशत हिस्सा हुनुपर्ने हो भन्ने विषयमा दलहरू प्रायः अन्योलमा रहेको पाइएकाले आज मंगलबार र भोलि बुधबार २ दिन तालिम दिन लागेको आयोगले जनाएको छ ।
उनका अनुसार उम्मेदवारको बन्द सूची बुझाउँदा र अन्तिममा निर्वाचित घोषणा गर्दा अपनाउनुपर्ने कानुनी ‘फर्मुला’ बारे प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा नयाँ–पुराना, साना–ठूला दलका नेता तालिममा सहभागी हुनेछन्।
विगतका निर्वाचनहरूमा दलहरूले बुझाएको सूचीमा समावेशी मापदण्ड नपुग्दा आयोगले पटकपटक सच्याउन निर्देशन दिनुपरेको थियो। यसले निर्वाचन प्रक्रियामा ढिलाइ भएको मात्र होइन विवाद समेत बढाएको थियो।
