काठमाडौँ महानगरले सञ्चालन नभएका एक सय सात विद्यालय खारेज गर्ने

 काठमाडौँ महानगरले सञ्चालन नभएका एक सय सात विद्यालय खारेज गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले भौतिक रुपमा सञ्चालनमा नरहेका एकसय सातवटा विद्यालय खारेज गर्ने तयारी गरेको छ।
मंगलबार सूचना प्रकाशित गर्दै महानगरले यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गर्न अल्टिमेटम दिएको छ।

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले जारी गरेको सूचना अनुसार महानगर नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल एकसय सातवटा विद्यालय स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको हो।

त्यस्ता विद्यालयको सूची सार्वजनिक गरेको महानगरले अझै सञ्चालनमै रहेको भए सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई सम्पर्कमा आउन भनेको हो।

तोकिएको समयभित्र सम्पर्क गरी सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा त्यस्ता विद्यालयहरू बन्द गर्नका लागि कार्यपालिकामा सिफारिस गरिने विभागले जनाएको छ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *