सिन्धुलीमा पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या

 सिन्धुलीमा पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या

काठमाडौँ । सिन्धुलीमा एक महिलाको हत्या गरिएको छ। कमलामाई नगरपालिका– ४, धुराबजारमा ३२ वर्षीय सुशीला बमजनको शरीरमा पेट्रोल छर्किएर आगो लगाई हत्या भएको हो। हत्याको आरोपमा उनकी सासू ५९ वर्षीया मायारानी बमजन र नन्द ३५ वर्षीया मीना लामा बमजनलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा नन्द मीनाले पेट्रोल छर्किएर आगो लगाइदिएको खुलेको जिल्ला प्रहरी कार्यालयले बताएकोछ।

घटना सोमबार साँझको हो। घरमै किचन कोठामा उनको हत्या भएको हो। बाँसको भाटामा सल बेरेर पेट्रोल खन्याई लागो लगाइदिएको प्रहरीले जनाएको छ। घटनापछि सुशीलाका ससुरा दुर्गामान बमजनसमेत घाइते भएका छन्। पक्राउ परेका उपर ज्यानसम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ। मृतकका बुबाले प्रहरीमा किटानी जाहेरी दिएका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *